दफा २८
निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने
(१) नेपाल सरकारले तोकिए बमोजिमको आयभन्दा कम वार्षिक आय भएका वा तोकिएको रोगको उपचारको लागि सरकारी अस्पतालमा भर्ना भएका अपाङ्गता भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य सेवा तथा स्पीच थेरापी, अकोपेशनल थेरापी लगायतका आवश्यक थेरापी सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “अस्पताल” भन्नाले स्वास्थ्य केन्द्रलाई समेत जनाउँछ ।
(२) नेपाल सरकारले अपाङ्गता भएका कारणले खानुपर्ने औषधि तथा अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने फ्याक्टर तोकिएका आधारमा निशुल्क उपलब्ध गराउनेछ ।
(३) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्योपचारको लागि अस्पतालसम्म पहुँचका लागि रहेका अवरोधहरु हटाउन आवश्यक व्यवस्था गर्नेछ ।
(४) अस्पतालका स्वास्थ्यकर्मीले अस्पतालमा उपलब्ध भएसम्मको गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्राथमिकताका साथ अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।
(५) सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित पच्चीस शैयाभन्दा बढी शैया भएका अस्पतालमा कम्तीमा दुई शैया अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित राख्नु पर्नेछ ।
(६) नेपाल सरकारले निरोध वा निवारण हुन सक्ने अपाङ्गपनको निरोध तथा निवारण गर्न र अपाङ्गपन तुल्याउने कारक तत्वहरू पत्ता लगाई त्यसको निरोध, निवारण, नियन्त्रण, उन्मूलन र उपचार गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नेछ ।
(७) नेपाल सरकारले अपाङ्गताबाट सृजना हुने अङ्ग र आङ्गिक कार्यको विचलन न्यूनीकरणका लागि नजिकको अस्पतालबाट उपचार प्रदान गर्न आवश्यक व्यवस्था गर्नेछ ।